Logo

औषधी लिमिटेड पून सञ्चालनमा, यसरी हुँदैछ जीवनजल उत्पादन

औषधी लिमिटेड पून सञ्चालनमा, यसरी हुँदैछ जीवनजल उत्पादन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । २०६६ सालदेखि बन्द नेपाल औषधी लिमिटेड उद्योग आइतवारदेखि पून सञ्चालनमा आएको छ । करिव ७ बर्षपछि नेपाली जनताले सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधी लिमिटेडले जीवनजल उत्पादन गरेर औपचारिक रुपमा उद्योग सूचारु गरेको हो ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले कार्यभार सुरु गरे लगत्तै सरकारी स्वामित्वका विभिन्न कारणले वन्द रहेका सरकारी उद्योगहरुलाई प्राथमिकताका आधारमा पुन संचालन गर्ने नीति लिएका थिए । सोहि अनुसार नेपाल औषधी उद्योगले पुनर्जीवन पाएको हो ।

उद्योग मन्त्री जोशीकै पहलमा नेपाल सरकारले औषधी उत्पादनको लागि विश्व स्वाथ्य संगठनले तय गरेको कुशल निर्माण विधि शुरु गर्नको लागि नेपाल सरकारको तर्फबाट १४ करोड ६५ लाख रुपैया ऋण स्वरुप नेपाल औषधी लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

जस अन्तर्गत पहिलो किस्ता वापत ६ करोड ४८ लाख रुपैंया निकासा भई कम्पनीले पहिलो चरणमा जीवन जलको उत्पादन शुरु गरेको मन्त्री जोशीले जानकारी दिए ।

आगामी ३ महिना भित्र सिटामोललगायत ननपेनीसिलीन समुहका ट्यावलेटहरु उत्पादन गरी बजारमा पु¥याउने लक्ष्य कम्पनीको छ । सोका लागि नविकरण र आवश्यक मेशिनहरु खरिद गर्ने कार्यको ठेक्का सम्झौता गरी द्रुत स्तरमा कार्य अगाडी बढेको कम्पनीका महाप्रवन्धक रोभस कुसुम सुवेदीले जानकारी दिए ।

दोस्रो चरणमा नेपाल औषधी लिमिटेडले अत्यावश्यक र बजारमा खपत बढि भएका १५ भन्दा बढि प्रकारका नयाँ औषधी समेत उत्पादन गर्ने लक्ष लिई सो अनुरुप कार्य अगाडी बढाएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताए ।

यसैगरी तेस्रो चरणमा उद्योगले क्याप्सुल, पेनिसिलिन गु्रपका औषधी, झोल तथा मलमहरु उत्पादन गर्ने योजना छ । इन्ट्राभेनस फ्युड शाखा समेत संचालनमा ल्याएर ई स्लाईन तथा हेमोडाइलेसिस फ्ल्युड जस्ता अति आवश्यक औषधीहरुको उत्पादनलाई समेत अगाडी बढाउने प्रष्ट कार्यसूचीका साथ अगाडी बढिरहेको छ ।

नेपालमा आधुनिक औषधी उत्पादन सरकारबाटै गर्ने उद्धेश्यका साथ कम्पनी ऐन २०२१ अन्तरगत नेपाल औषधी लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो ।

विगतमा नेपाल औषधी उद्योगले १ सय २० थरिका औषधीहरु उत्पादन गरी बजारमा विक्री गर्दै आईरहेको थियो ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार गुणस्तरिय औषधी उत्पादन गर्न नेपाल औषधी लिमिटेडले नयाँ प्रविधि अनुरुप २७ भन्दा बढि प्रकारका आधुनिक प्रविधिले युक्त गुणस्तर जाँच गर्ने उपकरणहरु जडान गरिसकेको छ ।

स्थापना कालदेखि नै उद्योगको मुख्य उद्धेश्यको रुपमा रहेको प्रतिस्पर्धी बजार मूल्य कायम गर्ने क्रममा आजबाट पुन उत्पादन शुरु भएको जीवनजलको मूल्य हाल बजारमा प्रचलित मूल्यभन्दा कम राखिएको छ । जसको प्रत्यक्ष फाईदा आम उपभोक्ता वर्गलाई पर्न जाने छ ।

आम जनतालाई सस्तो सुलभ र गुणस्तरिय औषधी प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने उद्धेश्यका साथ कम्पनीलाई पुनर्जिवन दिईएको मन्त्री जोशीले बताए ।

उद्योगीहरुको समग्र समस्यालाई उद्योग मन्त्रालयले पूर्ण रुपमा समाधान गर्ने हिसावले मन्त्रालय अघि बढिरहेको भन्दै मन्त्री जोशीले यसको शुरुवात उद्योग विभागमा एकद्धार प्रणालिको स्थापना गरि शुरु गरिसकेकोबताए । उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले उपभोक्ताले सस्तो र सुलभ मूल्यमा गुणस्तरिय औषधी पाउनु पर्छ भन्ने मान्यताका साथ सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडलाई पुन संचालनमा ल्याएको बताए ।

उद्योग मन्त्रालय अन्तरगत रहेका अन्य वन्द उद्योगहरुलाई पनि क्रमश पुन संचालनमा ल्याउने उद्धेश्यका साथ मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL