Logo

डुब्लिकेशन र होल्डमा रहेका ट्रेडमार्क खारेज गरिँदै

डुब्लिकेशन र होल्डमा रहेका ट्रेडमार्क खारेज गरिँदै


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

१० असोज, काठमाडौं । उद्योग विभागले होल्ड गरेर राखेका ‘ट्रेडमार्क’ खारेज गर्ने भएको छ । दर्ता गरेपनि कार्यान्वयनमा नआएका ट्रेडमार्कको दर्ता खारेज गर्ने निर्णय गरेको हो । केही समयअघि बसेको औद्योगिक प्रवद्र्धन बोर्डको बैठकको निणर्य अनुसार दर्ता खारेज गर्न लागिएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । ‘बोर्डको निणर्यअनुसार दर्ता गरेर पनि कार्यन्वयनमा नआएका ७ बर्ष पुराना ट्रेडमार्क खारेज गर्न लागिएको हो,’ उनले भने ।

न्यौपानेका अनुसार पछिल्लो समय ट्रेडमार्क दर्ता गरेपनि कार्यन्वयनमा नल्याएर होल्ड गरेर राख्ने प्रवृत्ति बढेको छ । ‘एक पटक दर्ता भइसकेको ट्रेडमार्क अरु कसैले दर्ता गर्न पाउदैनन्,’ उनले भने, ‘जसले गर्दा नयाँ लगानीकर्ताहरुलाई समेत निरुतसाहित गरेको छ ।’ कतिपय व्यवसायीहरुले विदेशी ट्रेडमार्क राख्ने र नयाँ ट्रेडमार्क लिन चाहने विदेशी लगानीकर्तासँग बार्गेनिङ समेत गर्ने गरेको उनले जानकारी दिए ।

ऐनअनुसार ट्रेडमार्क दर्ता भएको १ बर्षभित्र कार्यन्वयनमा ल्याउनु पर्ने हुन्छ । विभागले पहिलो चरण अन्तर्गत ट्रेडमार्क होल्ड गर्ने कम्पनी तथा व्यक्ति छान्दै पत्र पठाउन थालेको छ । ‘विभागले त्यस्ता ट्रेडमार्क छान्दै सम्वन्धित व्यक्ति वा कम्पनीलाई पत्र पठाएको छ,’ उनले भने, ‘पत्र पाएको ३ महिनाभित्र कार्यन्वयन गर्ने प्रस्ताव नआएमा खारेज गरिने छ ।’

विभागका अनुसार हालसम्म विभागमा ४० हजार भन्दा बढी ट्रेडमार्क दर्ता भइसकेका छन् । त्यसमध्ये करीव १५ प्रतिशत ट्रेडमार्क उस्तै प्रकृतिका भएको न्यौपानेले जानकारी दिए । प्रायःजसोले नियतवश ट्रेडमार्क डुब्लिेकेशन तथा होल्ड गर्ने प्रबृत्ति बढेको समेत उनले बताए । ‘कतिपय व्यवसायीहरुले चलेको कम्पनी तथा उत्पादनको नाम समेत चोर्ने प्रवृत्ति छ,’ उनले भने ।

नेपालमा ट्रेडमार्कको संरक्षण सम्वन्धी व्यवस्था नभएकोले गर्दा पनि चोरी बढेको उनले जानकारी दिए । त्यस्तै, उद्योग विभागमा पेपर वेस सिस्टम भएकोले दर्ता भएका सवै ट्रेडमार्कको रेकर्ड नहुने भएकोले दोहोरिएका ट्रेडमार्क बारे जानकारी नभएको उनले बताए । ‘डेटावेसमा समस्या भएकोले दर्ता भएका ट्रेडमार्कको एकिन डाटा छैन,’ उनले भने ।

ट्रेडमार्क चोर्नेलाई पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन अनुसार कर्वाहीको व्यवस्था छ । ऐन अनुसार उद्योग, वस्तु वा सेवाको क्षती हेरेर उद्योग विभागले ट्रेडमार्क चोर्नेलाई जरिवाना भराउने नियम छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL