Logo

बौद्धिक सम्पत्तिमा उद्योग र पर्यटनमन्त्रालयको सहमती, नीति बनाउन छुट्टै आयोग

बौद्धिक सम्पत्तिमा उद्योग र पर्यटनमन्त्रालयको सहमती, नीति बनाउन छुट्टै आयोग


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

भदौ २९, काठमाडौं । लामो समयदेखि क्षेत्राधिकार विवादको विषय बन्दै आएको बौद्धिक सम्पत्तिलाई एकिकृत गरी अधिकार सम्पन्न समिती गठन गर्न उद्योग मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्रालयबीच सहमती जुट्को छ ।

यसअघि औद्योगिक बौद्धिक सम्पत्ति उद्योगले र संसकृति, कला, साहित्य र सङ्गित लगायतको बौद्धिक सम्पत्तिको क्षेत्र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हेर्दै आएको थियो ।

मङ्गलबार उद्योग मन्त्री महेश बस्नेत र पर्यटनमन्त्री कृपाशुर शेर्पाबीच भएको छलफलमा राष्ट्रिय बौद्धिक सम्पत्ति संरक्षण नीति निर्माणका लागि अधिकारसम्पन्न समिती गठन गर्ने सहमती समेत भएको छ ।

नीति निर्माणका लागि उद्योग सचिव जयमुकुन्द खनाल र पर्यटन सचिव दिनेशकुमार थपलियाको नेतृत्वमा विभागस्तरिय छाता सङ्गठन गठनको पहल हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL