Logo

आईएमईबाट बैंक खातामा पठाएको रकम तुरुन्तै जम्मा हुने, मोबाइल वालेटमा पनि सेवा उपलब्ध

आईएमईबाट बैंक खातामा पठाएको रकम तुरुन्तै जम्मा हुने, मोबाइल वालेटमा पनि सेवा उपलब्ध



काठमाडौं । आईएमईबाट बैंक खातामा पठाएको रकम तुरुन्तै जम्मा हुने भएको छ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आईएमईमार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै (रियल टाइम) जम्मा हुने व्यवस्था मिलाइएको आईएमईले जनाएको छ ।

laxmi

आईएमईका अनुसार देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालभित्रका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सक्नेछन् ।

यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा रहेका व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टन)० मार्फत समेत उपलब्ध हुनेछ । साथै विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुने आईएमईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL