Logo

गार्मेण्ट उद्योगमा कोरोना कहर : सबा अर्बको निर्यात अर्डर रद्द, ४ करोडको ब्याज घाटा

गार्मेण्ट उद्योगमा कोरोना कहर : सबा अर्बको निर्यात अर्डर रद्द, ४ करोडको ब्याज घाटा



काठमाडौं । विश्भर फैलिएको कोभिड १९ का कारण नेपाली गार्मेन्ट उद्योगहरुको अर्डर रद्द हुने क्रम बढेको छ । नेपाली गार्मेण्ट उद्योगहरुले यूरोप अमेरिका लगायतका मुलुकहरुमा तयारी पोशाक निर्यातका लागि अर्बौ रुपैयाँ बराबरको अर्डल लिएपनि कोरोनाका कारण रद्द हुने क्रम बढेको गार्मेण्ट एशोसिएशन नेपालका अध्यक्ष चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

कोरोना पछिको लकडाउनका कारण हाल देशभरका उद्योग कलकारखाना बन्द अवस्थामा छन् । जसका कारण नेपाली तयारी पोशाक उद्योग द्वारा उत्पादन भई निर्यातका चरणमा रहेका १ अर्ब २५ करोड रुपैयाँ बराबरको अर्डर रद्द भएको समेत उनले जानकारी दिए ।

त्यसैगरी सो अबधिमा उद्योगीहरुले बैंकलाई बुझाउनु पर्ने करिव ४ करोड रुपैयाँ बराबरको ब्याज नोक्सानी हुनुका साथै प्रत्यक्ष रोजगारी गरिरहेका २ हजारभन्दा बढी श्रमिकको तलब भुक्तानीमा समस्या भएको अर्यालको भनाई थियो । साथै ५ लाख रुपैयाँ वरावरको न्युनतम विजुलीको महसुल मासिक रुपमा बुझाउनु पर्ने बाध्यता भएको उनले जानकारी दिए ।

सो अबधिमा उद्योगहरुले आयात गरेको कच्चापदार्थहको कण्टेनर भारतको कलकत्तामा रोकिन पुगेका छन् । जसका कारण उद्योगहरु चर्को दरमा डिटेन्सन चार्ज तिर्न बाध्य भएका छन् । साथै निर्यात लागि तयार भएका केही माल वस्तुका कन्टेनरहरु लोडका अवस्थामा रहेर पनि लक डाउनका कारण उद्योग कारखाना बन्द हुन पुगि निर्यात हुन सकिरहेका छैनन् ।

निश्चित भईसकेको निर्यात अर्डर हरु रद्द हुनु, हालै मात्र आयातित कच्चा पदार्थहरुमार्फत उत्पादनको चरणमा रहेका माल बस्तुका निर्यात अनिश्चित हुनु, कच्चा पदार्थ र माल वस्तुको मौज्दात बढन जानू तथा उद्योग कल कारखाना बन्द हुँदा कार्यरत मजदुर कर्मचारीहरुलाई तलव एवं बैकलाई तिर्नु पर्ने ब्याज, विजुली आदि तर्फको खर्च भुक्तानी दिनु पर्ने दायित्वले गर्दा नेपाली तयारी पोशाक उद्योगहरु धराशयी हुने अवस्थामा पुगेको समेत उनले जानकारी दिए ।


लकडाउनले गर्दा नेपाली तयारी पोशाक उद्योगहरु बन्द हुन पुगि आफ्ना उत्पादित बस्तुहरुको वजारिकरण गर्न नसक्दा ठूलो क्षति भोग्नु परेको संघका सहसचिव तथा प्योर क्लोथिङका संचालक पशुपतीदेव पाण्डेले जानकारी दिए । ‘पछिल्लो समय यूरोप अमेरिका लगायतका देशहरुबाट ठूलो मात्रामा अर्डरहरु क्यान्सिल भएका छन्,’ उनले भने, ‘कोरोनाले निर्यात गर्न तयारी अवस्थामा रहेका अर्डरहरु रद्द हुँदा उद्योगहरुलाई नगद प्रवाहमा भई संचालन खर्च समेत जुटाउन नसक्ने अवस्था सिर्जना भएको छ ।’

हाल बन्डेड वेयर हाउसको सुविधा अन्तरगत आवश्यक कच्चा पदार्थ आयात गरि उत्पादन भएका माल बस्तु निर्यात गरी विदेशी मुद्रा प्राप्त भए पछि १६ महिना भित्र बैक ग्यारेन्टी फुकुवा गरिसक्नु पर्ने प्रावधान रहेको छ । तर पछिल्लो समयमा देशमा देखा परेको कोभिड १९ को महामारीका कारण आयातित कच्चा पदार्थबाट उत्पादित माल बस्तु तयार भएका र अन्य कतिपय उत्पादनका चरणमा रहेका अवस्थामा विदेश स्थित क्रेताहरुले खरीद माग रद्द गरिरहेका उक्त समयलाई बढाएर ३२ महिना पुर्याउनु पर्ने बताएका छन् ।

साथै सरकारको अनुरोधमा बैंक ग्यारेन्टी रद्द गरि सो बापत लाग्ने राजस्व दस्तुर मिन्हा गर्न समेत संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL