Logo

आइएमएस ग्रुपद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरूको कोरोना बिमा, प्रति कर्मचारी एक लाख रुपैयाँको स्वास्थ्य बिमा प्रदान

आइएमएस ग्रुपद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरूको कोरोना बिमा, प्रति कर्मचारी एक लाख रुपैयाँको स्वास्थ्य बिमा प्रदान



काठमाडौं । आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई विश्वव्यापी कोभिड–१९ बिरूद्ध बिमा सुविधा प्रदान गरेको छ । कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बिमा प्रदान गरेको छ ।

laxmi

यस विश्वव्यापी कोरोना माहामारीको क्रममा, आइएसएस ग्रुपद्वारा आफ्नो सम्पूर्ण कार्मचारीहरुलाई स्वास्थ्य बिमा गराइएको छ । यदि कुनै कर्मचारीलाई कोरोना भाइरस लागेको देखिएमा यस बिमाले कार्मचारीलाई आर्थिक सहयोग पुर्याउने छ ।

आइएमएस ग्रुपक अध्यक्ष दिकेश मल्होत्राले भने, ‘आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबै भन्दा ठूलो उत्तर दायित्व हो ।

त्यसकारण हामीले यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पु¥याउन कोरोना भाइरसविरुद्ध स्वास्थ्य बिमा सुविधा उपलब्ध गराउने निर्णय गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL