Logo

एसिएन पेन्ट्सको ‘रोयल एस्पिरा’ बजारमा, ५ वर्षको वारेण्टी

एसिएन पेन्ट्सको ‘रोयल एस्पिरा’ बजारमा, ५ वर्षको वारेण्टी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ साउन, काठमाडौं । एसियन पेन्ट्स नेपालले रोयल एस्पिरा रंग बजारमा ल्याएको छ । नेपाली बजारमा आफुले पहिलो पटक यस्तो रंग उपलब्ध गराएको कम्पनीले दावी गरेको छ ।

हाल आफुले बजारमा उपलब्ध गराएको रंग विश्वका विभिन्न परीक्षणहरुमा खरो उत्रिएको र उत्कृष्टता हासिल गरेकै कारण कम्पनीले उक्त रंगमा ५ वर्षको वारेन्टी दिएको बताएको छ । रोयल एस्पिराले आगोको ज्वालाको प्रतिरोध गर्नेहुँदा उच्च सुरक्षामा सबैभन्दा राम्रो सुरक्षा प्राप्त हुनेछ ।

रोयल एस्पिरा वातावरणीय दृष्टिबाट पनि उपयुक्त रहेको दावी कम्पनीको छ । यसमा अत्यन्त न्यून ओभिसी छ । यो रंगलाई युरोपियन ग्रीन सिल ११ को स्तर बराबर रहेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यस उत्पादनको अर्को उल्लेखनीय विशेषता भनेको रंगलाई छिट्टै चर्कन नदिने हो । यो गुण वैज्ञानिक रुपमै प्रमाणित भएको छ, जस अनुसार रोयाल एस्पिराले रङ्गाइएको पत्र रौ बराबरको चर्किएको भाग ढाक्ने गरी ४ सय प्रतिशतसम्म तन्किन्छ र १ दशमलव ८ मिमिसम्म चर्केको भाग छोप्ने कम्पनीद्वारा विज्ञप्तीमा उल्लेख छ । साथै, रोयल एस्पिरा रंगमा तेल, लिपस्ष्टिक, बेसार र केटचप जस्ता गाढा दागहरुलाई मेटाउने विशेष गुण छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL