Logo

नेपालका ४ विद्यार्थी अष्ट्रेलियाको एडिलेडका एम्बेसेडर, प्रत्येक विधार्थीलाई ५ हजार अष्ट्रेलियन डलरको प्याकेज

नेपालका ४ विद्यार्थी अष्ट्रेलियाको एडिलेडका एम्बेसेडर, प्रत्येक विधार्थीलाई ५ हजार अष्ट्रेलियन डलरको प्याकेज



काठमाडौं । स्टडी एडिलेडले एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रर्वद्धन गर्न दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसेडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ ।

laxmi

मेरियट होटल, काठमाडौंमा आयोजित एक प्रिजेन्टेशन समारोहमा नेपालका ४ जना विद्यार्थीलाई एम्बेसेडर घोषणा गरिएको थियो । उक्त कार्यक्रममा अष्ट्रेलियन सरकार, दक्षिण अष्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाहरुका अधिकारीहरु उपस्थित थिए ।

विद्यार्थी एम्बेसेडरलाई स्टडी एडिलेडले ५ हजार अष्ट्रेलियन डलरको उत्साजनक सर्पोट प्याकेज प्रदान गर्नेछ । जसमा १५ सय अष्ट्रेलियन डलरसम्मको फिर्ती टिकट, १ हजार अष्ट्रेलियन डलरको उपहार भौचर, व्यवसायी विकास सत्र, एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निशुल्क प्रवेश समावेश गरिएको छ ।

जहाँ विद्यार्थीहरु शहरको पूर्ण शैक्षिक र जीवनशैली अनुभव गने सक्षम हुनेछन् । विद्यार्थीहरुलाई आफ्नो साथीहरु, परिवार र समुदायसँग एडिलेड अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाकै सर्वश्रेष्ठ शहरहरु मध्य एक भएको र यसको फाइदाहरुका बारेमा पोष्ट, भिडियो र ब्लगमार्फत शेयर गर्न प्रत्सोहान गरिन्छ ।

वर्षौदेखि नेपालबाट थुपै्र विद्यार्थीहरु उच्च शिक्षाका लागि एडिलेड जाने क्रम बढ्ढो छ, जहाँ सन् २०१९ मा २००० भन्दा बढि विद्यार्थीले अध्ययनका लागि एडिलेड चयन गरेका छन् । एडिलेडका विश्वविद्यालयमा इन्जिनियरिङ, कम्प्युटर साइन्स र आईटी नेपाली विद्यार्थीहरुको लोकप्रिय पाठ्यक्रमहरु रहेका छन् ।

यो प्रतियोगिताले नेपालभरि नै उत्साहजनक प्रतिक्रिया पाएको थियो र पहिलो पटक ‘स्टडी एडिलेड स्टुडेन्ट एम्बेसेडर’ को ट्याग जित्नका लागि ठुलो संख्यामा उम्मेदवारले आवेदन दिएका थिए । सन् २०२० का लागि छनौट गरिएका ४ विद्यार्थीहरु काठमाडौंका पार्वती बुढाथोकी, प्रनिश महर्जन, ललितपुरका सन्देश बस्नेत र मोरङका खगेन्द्र कार्की रहेका छन् ।

यस अवसरमा स्टडी एडिलेडका सिईओ क्यारन केन्टले भने, ‘हामी नेपालमा पहिलो पटक आयोजना गरिएको २०२० एम्बेसेडर प्रोग्रामको प्रतिक्रयाबाट निकै उत्साहित छौं । हामीले दक्षिण एशियाबाट १५०० भन्दा बढि उच्च गुणस्तरीय आवेदन प्राप्त गरेका थियौ र नेपालको संख्या उल्लेखनिय रहेको थियो । यसले हामीलाई निर्णय लिन निकै कठिन बनाएको थियो । हामी २०२० का लागि नेपालका ४ स्टुडेन्ट एम्बेसेडरलाई स्वागत गर्न र उनीहरुलाई हाम्रो भाइब्रेन्ट शहरी जीवन, सुरक्षित, सहयोगी समुदाय र वल्र्ड–क्लास शैक्षिक संस्थासँग परिचित गराउन उत्साहित छौं ।’

जीतको बारेमा पार्वती बुढाथोकी, छनोट भए मध्येकी एक विद्यार्थीले भनिन्, ‘यो प्रतिस्पर्धा जित्नु मेरो अष्ट्रेलियामा उच्च शिक्षाका लागि ठुलो शुरुवात हो । स्टडी एडिलेड एम्बेसेडर बन्न पाउनु मेरा लागि गर्वको कुरा हो । म विद्यार्थीको रुपमा भाइब्रेन्ट र स्वागतमय शहर एडिलेडको समृद्ध अनुभवको प्रतिक्षा गर्दछु र आफ्नो अनुभव नेपालका इच्छुक विद्यार्थीहरुसँग बाँड्न चाहन्छु ।’

पार्वती बुढाथोकीले दक्षिण अष्ट्रेलियाको विश्वविद्यालयमा डाटा साइन्समा स्नातकोत्तर कार्यक्रमका लागि भर्ना गरेकी छिन् । स्टडी एडिलेड एम्बेसेडरहरुले फ्लिन्डर युनिभर्सीटी, द युनिभर्सीटी अफ एडिलेड, युनिभर्सीटी अफ साउथ अष्ट्रेलिया, टीएएफई एसए र इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट लगायतका संस्थाहरुमा इन्जिनियरिङ, हेल्थ म्यानेजमेन्ट र सोस्यल वर्कमा स्नातकोत्तर गर्नेछन् ।

विश्वभरका शिर्ष दुई प्रतिशतयुनिभर्सीटीमा पर्ने यसका ३ स्टेट युनिभर्सीटीहरुका साथ एडिलेड विद्यार्थी जीवनका लागि तयार पारिएको अग्रणी शैक्षिक शहर हो ।

इकोनोमिस्ट इन्टिलिजेन्श युनिट वल्र्डवाइड कस्ट अफ लिभिङ रिर्पोटका अनुसार एडिलेड सिड्नी र मेलबोर्नको तुलनामा बस्नका लागि १४ प्रतिशत कफायती छ । यो शहरको अर्थव्यवस्था पनि तीव्र रुपले बढिरहेको छ र धेरै अष्ट्रेलियन स्पेश एजेन्सीको मुख्य ठाँउ हो ।

प्रतिक्रिया दिनुहोस्
MBL