Logo

सीजीले चीनको लियाजिङमा रिसोर्ट खोल्यो, ‘जिंक जर्नि’ विश्वव्यापी बन्दै

सीजीले चीनको लियाजिङमा रिसोर्ट खोल्यो, ‘जिंक जर्नि’ विश्वव्यापी बन्दै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ असार, काठटमाडौं । चौधरी ग्रूपले चीनको लियाजिङमा आत्याधुनिक रिसोर्ट खालेको छ । सिजी होटल्स एण्ड रिसोर्टले ‘जिंक जर्नी अरोखाम्पा’ नामक अत्याधुनिक रिसोर्ट सञ्चालनमा ल्याएको हो ।

रिसोर्टमा आधुनिक तथा सुविधासम्पन्न कोठाहरु रहेका छन् । रिसोर्टका प्रत्येक कोठाहरुबाट प्राकृतिक सौन्दर्यता आवलोकन गर्न सकिने जानकारी दिइएको छ । रिसोर्टका कोठाहरुबाट जियाजिङमा रहेका सुन्दर हिमालका चुचुराहरु र पानीस“ग रमाउदै जिविका चलाउने जिवन पद्धतीलाई नियाल्न सकिन्छ ।

सिजिको ‘जिंक जर्नी अरोखाम्पा’ रिसोर्टमा पाहुनाहरुलाई ‘नाक्सी ग्यास्ट्रोनोमी जिंक जर्नी स्टाईल’ को अनुभव पनि गराईन्छ । जस्मा पाहुनाहरुले आफै तरकारी टिप्ने, कुखुराको तथा अन्य मासुलाई बिशेष नाक्सी परम्परा अनुसार पकाउने अनुभव लिन पाउनेछन् । यहा“ प्रयोगमा रहेका केही परिकारले पा“च सय बर्षभन्दा पनि पुरानो इतिहास बोकेका छन् । तर, यि परिकार पोषण र सन्तुलित आहारको दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छन् । यहा“ आउने पाहुनाले यि परिकारको स्वाद लिन पाउनेछन् ।

सिजी होटल्स एण्ड रिसोर्टले पर्यटन उद्योगमा आफ्नो विश्वब्यापी बलियो उपस्थिती जनाउने रणनीति अन्तर्गत लियाजिङमा रिसोर्ट सञ्चालनमा ल्याएको समूहले जनाएको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जिंक जर्नीको विश्वब्यापी विस्तार भइरहेको बताए । ‘हामी जिंक जर्नी ब्राण्डका थप अत्याधुनिक रिसोर्ट विस्तार गर्न पाउदा खुसी छौ“’ उनले भने, ‘विश्वब्यापी रुपमा आथित्यताको आफ्नै दर्शनलाई बलियो बनाउदै लैजानेमा हामीले जोड दिएका छौं ।’ जिंक जर्नी अरोखम्पा रिसोर्ट ऐतिहासिक शहरको संस्कृती, परम्परा, खानपान, रहन सहनलाई सम्मानीत गर्ने ध्येयका साथ निर्माण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL