Logo

१६ विदेशी कम्पनीको साढे १४ खर्ब लगानी, कुन क्षेत्रमा कुन कम्पनी आउँदैछ ?

१६ विदेशी कम्पनीको साढे १४ खर्ब लगानी, कुन क्षेत्रमा कुन कम्पनी आउँदैछ ?


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । विदेशी कम्पनीले नेपालमा ठूलो मात्रामा लगानी गर्ने भएका छन् । दुई दिनसम्म चलेको ‘नेपाल लगानी सम्मेलन’ मार्फत १६ वटा विदेशी कम्पनीले १३ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात १४ खर्ब ६० अर्ब रुपैयाँ वरावर लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् ।

नेपालमा लगानी गर्न चाहनेमा सवैभन्दा बढी चिनियाँ कम्पनी रहेका छन् । चीनको एउटै कम्पनीले ३ अर्ब अमेरिकी डलर लगानीको प्रस्ताव गरेको छ । चाइना मेशिनरी कर्पोरेशनले जलविद्युत, अस्पताल र काठमाडौं मेट्रोमा उक्त लगानी प्रस्ताव गरेको हो ।

यसैगरी अर्को ठूलो लगानी चीनकै चाइना स्टेट कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङले गरेको छ । उसले विमानस्थल, हाइवे र सुरुङ निर्माणमा २ अर्ब डलर लगानी गर्ने जनाएको छ भने चीनकै सीटीसीई ग्रूपले जलविद्युत, रेल्वे, सुरुङमार्ग तथा वाटर सप्लाईमा १ अर्ब डलर लगानी गर्न इच्छा जायर गरेको छ ।

foreign_investment

यसैगरी तामाकोशी ३ मा चीनकै वीलिङ पावर कर्पोरेशनले १ अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

कार्यक्रमा जापानको दि कन्साई इलोक्ट्रोनि पावरले १ अर्ब अमेरिकी डलर लगानीको प्रस्ताव गरेको छ । उसले १ सयदेखि १ हजार मेगावाटसम्म विजुली उत्पादन गर्ने लक्ष्य लिएको छ ।

सम्मेलनमार्फत वेलायतको फ्रन्टिएर पावरले ऊर्जा, कृषि र पूर्वाधारमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बंगलादेशको हिमाद्री फुडले पूर्वाधार र खाद्यान्नमा २ अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ ।

तर नेपालमा बढी मात्रामा लगानी गर्दै आएको भारतले भने एकदमै न्यून मात्र लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको छ । भारतका विभिन्न कम्पनीले कुल ५ सय मिलियन डलर लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको छ । जसमा सवैभन्दा धरै अशोक स्टिल इन्ड्रष्टिजले लगानी बैंक, सोलार र स्टिलमा ३ सय मिलियन डलर लगानी गर्ने भएको छ

यसैगरी श्रीलंकाको रेडिएण्स रिनुयवल टेक्नोलोजीले ऊर्जा, सोलार वायुमा ५ सय मिलियन डलरको लगानी प्रस्ताव गरेका छन् । सम्मेलन मार्फत नेपालका २ कम्पनीले पनि लगानीको प्रस्ताव गरेका छन् ।

सम्मेलनमार्फत नेपालले आसा गरेभन्दा एकदमै ठूलो लगानी भित्रिएको र यसलाई कार्यान्वयनमा ल्याउन नेपाल सरकार लाग्नुपर्ने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । ‘आज नेपाल सम्बृद्धिको दिन हो,’ उनले भने, ‘नेपाल अब आर्थिक विकासको पथमा अघि बढ्यो कसैले रोकेर रोकिन्न ।’ कार्यक्रममा उनले उक्त विदेशी लगानी भित्र्याउन नेपालका नीति नियमलाई समय सापेक्ष सुधार गर्दै जाने समेत प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This