Logo

हिमालयन लाइफ इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने

हिमालयन लाइफ इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्