Logo

जलविद्युतका लगानीकर्तालाई लेखाको कसी, प्रवर्द्धकले ऋण चुक्ता नभएसम्म ३३ प्रतिशत सेयर बेच्न नपाउने

जलविद्युतका लगानीकर्तालाई लेखाको कसी, प्रवर्द्धकले ऋण चुक्ता नभएसम्म ३३ प्रतिशत सेयर बेच्न नपाउने



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले जलविद्युत आयोजनामा लगानीकर्तालाई तत्काल सेयर बेचेर जान रोक लगाउन निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले जलविद्युत आयोजना स्थापना गर्दा लिइएको ऋण चुक्ता नहुन्जेल आधारभूत लगानीकर्ताको कम्तीमा एक तिहाई सेयर कायम रहने गरी व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई निर्देशन दिएको हो ।

laxmi

जलविद्युत लगायतका आयोजना स्थापना गर्दा लगानी गर्ने आधारभूत लगानीकर्ताका लागि ३ वर्षको लकइन अवधि राखिएको छ । यसरी ३ बर्षको लकईन पिरियड राखिएपनि त्यस्ता आयोजना निर्माण सम्पन्न नहुँदै र नाफा नदिँदै आधारभूत लगानीकर्ता लकइन अवधि सकिनासाथ सेयर बिक्री गरी बाहिरिने क्रमले आयोजना निर्माण नै प्रभावित हुनुका साथै प्रतिफल समेत दिन नसकेको देखिएको अर्थसमितिको बुझाई छ । यस्ता लगानीकर्ताले अब कम्पनीले लिएको ऋण पूर्ण रुपमा चुक्ता नहुँदासम्म केहि मात्रामा सेयर रहिरहनुपर्ने अर्थसमितिले निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL