Logo

सिटी एक्सप्रेसको अफर : पहिलो रु १ लाख विजेताको नाम घोषणा

सिटी एक्सप्रेसको अफर : पहिलो रु १ लाख विजेताको नाम घोषणा



काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ल्याएको ६१ दिने “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजनाको मासिक विजेता घोषणा गरेको छ ।

laxmi

योजना अनुरुप अहिले सम्म ३१०० जनाले रु ५०० को वालेट टप् अप, २० जना साप्ताहिक बिजेताहरुले जनही रु २५,००० जित्न सफल हुँदा १ जना भाग्यशाली मासिक बिजेता रु १ लाख जित्न सफल भएका छन् । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युके बाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले रु १ लाख जित्न सफल भएका हुुन् ।

कम्पनीका अनुसार यस “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें” अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

अफर अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० , हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL