Logo

डाबरका प्रडक्टले क्यान्सर निम्त्याएको भन्दै अमेरिका र क्यानडामा हंगामा : हजारौं मुद्दा दायर, शेयर घट्यो

डाबरका प्रडक्टले क्यान्सर निम्त्याएको भन्दै अमेरिका र क्यानडामा हंगामा : हजारौं मुद्दा दायर, शेयर घट्यो



काठमाडौं । डाबर इन्टरनेशनल लिमिटेडविरुद्ध अमेरिका र क्यानडामा हंगामा मच्चिएको छ । कम्पनीको हेयर रिलेक्सर (कपाल मालिस गर्ने) उत्पादनहरू विरुद्ध हजारौं मुद्दा दायर गरिएको छ । जसका कारण कम्पनीको शेयरमा गिरावट आएको छ ।

laxmi

अमेरिका र क्यानडामा डाबर इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीहरू विरुद्ध धेरै मुद्दा दायर गरिएको हो । मिडिया रिपोर्टका अनुसार कम्पनीको हेयर रिलेक्सर उत्पादनले पाठेघर र पाठेघरको क्यान्सर निम्त्याउने गरेको आरोप छ ।

कम्पनीले कपाल स्ट्रेटनर र रिलेक्सर उत्पादनहरू धेरै ब्रान्ड नामहरूमा बेच्दछ । प्रतिवेदनअनुसार डाबर इन्टरनेशनलका तीन एसोसिएट कम्पनीविरुद्ध अमेरिका र क्यानडामा ५ हजार ४ सय मुद्दा दर्ता भएका छन् ।

यस प्रतिवेदनका कारण डाबरको सेयर घटिरहेको छ । बिहीबार बिहान ११ बजे कम्पनीको शेयर बीएसईमा १.५६ प्रतिशतले घटेर ५२५.८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL