Logo

दातृ निकायसमक्ष नेपालको प्रतिवद्धता : अब सबै प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्छाैं

दातृ निकायसमक्ष नेपालको प्रतिवद्धता : अब सबै प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्छाैं



काठमाडौं । नेपालले विश्व बैंकलगायतका दातृ निकायसमक्ष प्रदेशमा लगानीको वातावरण तिव्र स्तरोन्नति गर्ने प्रतिवद्धता जाहेर गरेको छ । बिहीबार उपक्षेत्रीय तहमा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशबाट उक्त स्तरोन्नतीको काम अघि बढाउने बताएको हो ।

laxmi

उक्त योजनाले प्रदेशगत रुपमा प्रादेशिक लगानी वातावरण मूल्यांकन (पीका) अन्तर्गत सबै प्रदेशमा र स्थानीय तहमा पनि लगानी मैत्रिी वातावरण सिर्जना गर्न सहयोग पुर्याउने छ ।

यो नयाँ सहकार्यले बाँकी रहेको बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि यस्तो व्यवसायीक वातावरण सिर्जना गर्न मद्धत पुर्याउने बताईएको छ ।

उक्त घोषणा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा विश्व बैंक, स्विस एजेन्सी फर डेभलपमनेन्ट एण्ड कोअपरेशन (एसडीसी) तथा अन्तरराष्ट्रिय वित्त निगमसमक्ष गरिएको हो ।

पीकाले प्रादेशक तह र स्थानीय तहमा आवश्यक पर्ने लगानीमैत्री वातावरण बनाउने गरी कानुन बनाउने तरहसम्म सहयोग पुर्याउने मुख्यसचिव बैकुण्ठ अर्यालले बताए । उनका अनुसार सरकारले नेपालभर नै लगानीमैत्री वातावरण निर्माणका लागि भन्दै काम गरिरहेको अवस्थामा यो परियोजनाले झन धेरै सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL