Logo

केपी ओलीले भने : सेयरबजार र अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न एमालेले सरकार र राष्ट्र बैंकसँग छलफल गर्नेछ

केपी ओलीले भने : सेयरबजार र अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न एमालेले सरकार र राष्ट्र बैंकसँग छलफल गर्नेछ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याको समाधानका लागि पहल गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सेयर बजार र अर्थतन्त्रमा देखिएका केहि अप्ठ्यारा र जटिल बिषयहरुका कारण निम्तीएका समस्याको समाधानका लागि पहल गर्ने बताएका हुन् ।

laxmi

नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले नामक कार्यक्रममा सरकार र राष्ट्र बैंकसँग पनि छलफल गरेर अहिलेको समस्या समाधान गर्नेतर्फ उन्मुख हुने बताए।

कार्यक्रममा उनले अहिलेको अर्थतन्त्र धेरै जटिल अवस्थामा पुगिसकेकाले सामान्य सिटामोलले मात्रै काम गर्न नसकिने अवस्था आएको बताए । ‘अर्थतन्त्र पछिल्लो २ बर्षयता अत्यन्तै जटिल अवस्थामा पुगिक्यो,’ उनले भने, ‘यो सामान्य सिटामोल खाएर निको हुँदैन यसलाई जटिल चिरफारकै आवश्यकता छ ।’

एमाले अहिले मिसन ८४ मा लागेको बताउँदै उनले २०८४ सम्म देशमा उद्योग व्यवसाय रहन्छ वा रहदैन भन्ने चिन्ता भने बढेको बताए । अहिलेको सत्ता सरकार कसरी टिकाउने भन्नेमा बढी केन्द्रीत हुँदा अर्थतन्त्र भयावह अवस्थामा पुगेपछि देशमा एक किसिमको डिप्रेसन पैदा भएको उनको भनाई छ । यस्तै उनले पछिल्लो समय व्यापार डिप्रेसनकै कारण धमाधम उद्योगी व्यवसायीहरु कालोसूचीमा परिरहेको र ब्याकिङका लागि राखिएको धितो वा धरौटी लगातार लिलामी भईरहेको बताए ।

‘खासगरी लीलामी गराउनका लागि सम्पत्ति धरौटी राखिदैन,’ उनले भने, ‘यहाँ त धमाधम लिलामी गरिदैँछ सम्पत्ति ऋण लिनका लागि धरौटी मात्रै राखेको हो ।’

यस्तै उनले अर्थतन्त्रमा समस्या आउनुमा व्यवसायीहरुको पनि दोष रहेको बताएका छन् । उनले व्यवसायीले बढी राजनीति गर्दा अर्थतन्त्र झन बढी समस्यामा परेको बताए । उद्योगी व्यवसायीले बजेट कस्तो आयो विश्लेषण गर्नुपर्ने भएपनि व्यक्तिगत स्वार्थका लागि स्वागत गरिदिँदा अर्थतन्त्रमा समस्या देखापरेको उनको भनाई छ ।

एमाले अध्यक्ष ओलीले बैँकहरूलाई सरकारले निर्मम साहुजी बनाउन सहयोग गर्नुको साटो उद्यमशिलता विकास गर्ने औजारको रुपमा लिनुपर्ने बताएका छन् । सरकारले उचित नियमन र नियन्त्रण गर्न नसक्दा अहिले बैंकहरूले मिटरब्याजीको काम गरेको उनको भनाई छ । व्याजलाई सावाँमा गाभेर ऋणीमाथि थप भार थपाउने काम बैंकहरुले गरिरहेको उनको भनाई थियो ।

साथै उनले सरकारले भाटभटेनीले कमिशन नदिएको झोँकमा फाईल खोतली खोतली मिनबहादुर गुरुङलाई कारबाही गरेको आरोप लगाएका छन् । सार्वजनिक जग्गा निजी बनाउनेलाई कारबाही गर्नुपर्नेमा उल्टै व्यवसायीलाई बलीको बाख्रो बनाईएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL