Logo

अर्थतन्त्रमा देखिएकाे मन्दी हटाउन सरकारले काम गर्नुपर्छ : अध्यक्ष ढकाल

अर्थतन्त्रमा देखिएकाे मन्दी हटाउन सरकारले काम गर्नुपर्छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अहिले देखिएको अर्थतन्त्रको मन्दी हटाउनुपर्ने गरी सरकारले काम गर्नु पर्ने बताएका छन्।

laxmi

महासंघ अध्यक्ष ढकालले नवनियुक्त मुख्य सचिव डा. अर्याललाई बधाई दिँदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग शुक्रबार भएको भेटमा मुख्य सचिव डा. अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने पनि बताए।

महासंघ अध्यक्ष ढकालले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउदै यसको संसोधनका लागि पहल गर्न पनि मुख्य सचिव डा. अर्याल समक्ष आग्रह गरेका छन।

महासंघले निजी क्षेत्रको मर्यादाक्रमको बिषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा अध्यक्ष ढकालले जोड दिएका छन्। यस बिषयमा मुख्य सचिवले गृह मन्त्रालयसँग समन्वय गर्ने पनि बताए।

यसैगरि, जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगर उद्योग वाणिज्य संघले आयोजना गर्ने गरि व्यवस्था गर्नुपर्ने सुुझाव अध्यक्षले राखेका छन्।

भेटका अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारको निजी क्षेत्रबारे प्रष्ट नीति हुनुुपर्नेमा जोड दिएका छन्। महासंघका उपाध्यक्षहरु सुरकृष्ण वैद्य र हेमराज ढकालले बढ्दो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यवसायिक लागत घटाउन सरकारले पहल गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
MBL