Logo

आइएमईपे नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट, सिसापिसि आईडीएसएस’प्रमाणीकरण प्राप्त

आइएमईपे नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट, सिसापिसि आईडीएसएस’प्रमाणीकरण प्राप्त



काठमाडौं । आइएमई डिजिटल सोलुसनको “आइएमईपे”ले हालै ‘सिसापिसि आईडीएसएस’प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जनाएको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपाल कै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ।

laxmi

आफ्नो स्थापना कालदेखि नै सेवा ग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसाइन्फरमेसन सेक्युरिटी मार्फत पिसिआईडी एसएसको मापदण्डहरु पुरागरी सो प्रमाणीकरण प्राप्त गरेको हो।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ।यसै क्रममा यो वर्ष पनि आइएमई पेले सिसापिसि आईडीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नविकरणगरेको कम्पनीले जनाएको छ।

आइएमईपेले अन्तरराष्ट्रियस्तरको सुरक्षा प्रदान गर्दैग्राहक वर्गको निजी तथा संवेदनशील जानकारीहरुको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL