Logo

GBIME

नौ सिमेन्ट उद्योगका सञ्चालकलाई विशेष अदालतको सफाइ, खानी उत्खननमा अख्तियारको आरोप भएन पुष्टि

नौ सिमेन्ट उद्योगका सञ्चालकलाई विशेष अदालतको सफाइ, खानी उत्खननमा अख्तियारको आरोप भएन पुष्टि



काठमाडौं । अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन् गरेको भन्दै विशेष अदालतमा परेको मुद्धामा विभिन्न नौ सिमेन्ट उद्योगका सञ्चालकले सफाई पाएका छन् । विशेष अदालतका न्यायाधीश रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीलाल थारुको इजालासले शुक्रबार ९ सिमेन्ट उद्योगीसँगै ९ सरकारी कर्मचारीलाई सफाइ दिएको हो।

Laxmi

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघमा ९ ओटा सिमेन्ट उद्योगलाई खानी उत्खनन अनुमति दिँदा १ अर्ब २४ करोड ४५ लाख २६ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित उद्योगी र खानी विभागका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो। जसमा खानी विभागका तत्कालिन महानिर्देशक रामप्रसाद घिमिरे पनि मुछिएका थिए ।

अख्तियारले दायर गरेको मुद्धामा खानी तथा भूगर्भ विभागबाट अनुमतिपत्र लिएको भन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरूलाई त्यत्तिकै छोडेको आरोप लगाईएको थियो ।

अख्तियारले सिद्धार्थ मिनरलका सञ्चालक पशुपति मुरारका, सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने, मारुती सिमेन्टका सरद गोयल, अन्नपूर्ण क्वेरिजका ऋषि अग्रवाल, उदयपुर मिनरलका प्रवलजंग पाण्डे युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्सका निपेश तायल, कञ्चन क्वेरिजका भीमबहादुर थापा र डोलमाइन्ट चुनढुंगाका मानबहादुर श्रेष्ठसहित ९ जना कर्मचारीविरुद्ध १ अर्ब २६ करोड १९ लाख रुपैंया बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

तर, अख्तियारको आरोप पुष्टि हुन नसकेपछि विभागका तत्कालीन महानिर्देशक घिमिरेलगायत ९ सिमेन्ट उद्योगका सञ्चालकलाई बिशेष अदालतले सफाइ दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC