Logo

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता, आइएमई पे श्रीयोगको डिजिटल भुक्तानी सेवा प्रदायक रहने

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता, आइएमई पे श्रीयोगको डिजिटल भुक्तानी सेवा प्रदायक रहने



काठमाडौँ । आइएमई पे र श्रीयोग कन्सल्टिङबीच एक सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।

श्रीयोग डटकमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्ने जनाइएको छ ।

यही फेब्रुअरी ८ देखि सञ्चालनमा रहने यो सम्झौता पश्चात् आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने वानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL