Logo

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आइतबार आर्मी क्लबमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा आफ्ना अभिकर्ताहरुलाई बीमा सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरेको हो ।

प्रशिक्षण कार्यक्रममा देशभरबाट ८ सय जनाभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

प्रशिक्षणले अभिकर्तासँगै एजेन्सी म्यानेजरहरुको व्यक्तित्व विकासमा सहयोग पुर्‍याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरू विकास गर्न सहज भएको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले बताए ।

उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित भएका थिए ।

२०७९ असोज मसान्त सम्ममा कम्पनीको लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको कम्पनीले जनाएको छ । २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेको कम्पनीको देशैभरीबाट हाल करिब १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL