Logo

सिजी नेटले ल्यायो पोस्टपेड इन्टरनेट सेवा, “पहिले सेवा पछि पैसा” को अवधारणा

सिजी नेटले ल्यायो पोस्टपेड इन्टरनेट सेवा, “पहिले सेवा पछि पैसा” को अवधारणा



काठमाडौं । ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक सिजी नेटले पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत कम्पनीले एक हजार ४९ रुपैयाँमा २५० एमबीपीएस इन्टरनेट र एक हजार एक सय ५४ रुपैयाँ प्रति महिनामा २५० एमबीपीएस र आइपीटिभी प्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन् ।

ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सिजी नेटले यो नयाँ पोस्टपेड योजना ल्याएको हो । “पहिले सेवा पछि पैसा”को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ ।

यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ, जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ । साथै, फिर्ता गरिने गरि दुई हजार पाँच सय रुपैयाँको धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL