Logo

भिभो भी२३ई र वाई५३एसको मूल्य घट्यो, कतिमा झर्यो मूल्य ?

भिभो भी२३ई र वाई५३एसको मूल्य घट्यो, कतिमा झर्यो मूल्य ?



काठमाडौं । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू भी२३ई र वाई५३एस मा भारी मात्रामा मूल्य घटाएको छ । भी२३ई को दुवै संस्करणमा रु पाँच हजारले मुल्य घटाएर अब भी२३ई ८जीवी+१२८ जीवीको मुल्य रु ३६,९९९ र भी२३ई ८ जीवी +२५६ जीवी संस्करणको मुल्य रु ४१,९९९ बनाएको छ ।

laxmi

त्यस्तै वाई५३एस को मूल्य रु ४००० ले घटाएर रु ३०,९९९ बनाएको छ । यो नयाँ मूल्य जनवरी ०१, २०२३ देखि जनवरी ३१, २०२३ सम्म भिभोका सबै रिटेल स्टोरहरू र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछ ।

भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । भी२३ई को रियर क्यामेराहरूमा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा, र २एमपी म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा सेटअप छ ।

यसको सुपर नाइट मोडले कम उज्यालो अवस्थाहरूमा एआई मल्टिपल फ्रेम डिनोइजिङको सहायताले कम प्रकाश अवस्था, ब्राइटनेशको सन्तुलन र अँध्यारोमा उत्कृष्ट प्रदर्शन गर्दछ । यसमा ८जीवी र्याम छ र रोममा दुई विकल्पहरू– १२८जीवी र २५६जीवी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस१२ छ ।

वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ । जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL