Logo

आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी



काठमाडौं । समग्र रेमिटेन्स कम्पनीहरूमध्ये आर्थिक वर्ष २०७७/७८ मा आइएमई सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।

laxmi

आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा वुधबार र आयोजित एक विशेष समारोहकाबीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् ।

सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमईलाई विदेशी मुद्रा बैंकिङ संजाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ ।

आइपीओमा जाने तयारी गरिरहेको आइएमई सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटकपटक सम्मानित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL