काठमाडौं । शाओमीले नेपालमा ‘रेडमी १० ए’ को मूल्य घटाएको छ । आफ्ना उपभोक्ताहरूलाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले रेडमी १० ए मा विन्टर अफरस्वरुप मूल्य घटाइएको शाओमीले जनाएको छ ।
विभिन्न विशेषताले भरिपूर्ण रेडमी १० ए ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काइ ब्लु रङमा उपलब्ध छ । शाओमीले ३ जिबि-६४ जिबि भेरीयन्ट र ४÷१२८ जिबि भेरीयन्टमा रु ७०० कम गरेको छ ।
बजारमा शाओमीका बजेट फ्रेन्ड्ली फोनको रुपमा रु १५,९९९ र रु १७,९९९ उपलब्ध रेडमी १० ए विन्टर अफरमा ३ जिबि-६४ जिबिको मूल्य रु १५,२९९ र ४-१२८ जिबिको मूल्य रु १७,२९९ उपलब्धमा छन् । यो अफर कार्तिक ३० देखि मंसिर २९ गते सम्म लागु हुने जनाइएको छ ।