Logo

सामसङको दशैंतिहार अफरमा ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक

सामसङको दशैंतिहार अफरमा ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक



काठमाडौं । यो चाडपर्वको सिजनमा नेपालको सबैभन्दा भरपर्दो उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले विशेष २०७९ को दशैंतिहार अफरहरूमा ’उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना घोषणा गरेको छ । जसमा निःशुल्क इन्स्टलेसन लगायतका आफुले छनौट गरिएका उत्पादनहरूको खरिदमा ३०% सम्म क्यासब्याकको अफर उपलब्ध हुनेछ ।

कम्पनीले ल्याएको यो अफर सेप्टेम्बर १७ गतेदेखि नोभेम्बर १५ गते अर्थात असोज १ देखि कार्तिक २९ गतेसम्म चल्नेछ । यदि तपाईं आफ्नो घरेलु उपकरणहरू अपग्रेड गर्ने योजना गर्दै हुनुहुन्छ भने टिभि, रेफ्रिजरेटर वा वासिङ मेसिनहरू खरिद गर्नको लागि यो उत्तम समय हो ।

यो अफर सामसङ टिभि, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागू हुनेछ । सामसङ टिभिहरू मार्फत, तपाईंले सामसङको प्रिमियम रेन्जका टिभिहरू मध्ये एउटामा अपग्रेड गरेमा निःशुल्क साउन्डबार सहित आफ्नो खरिदमा ३०% सम्म छुट प्राप्त गर्न सक्नुहुन्छ । यस्तै तपाईंले सामसङको रेफ्रिजरेटर खरिद गर्दा २५% सम्म र ब्रान्ड न्यु सामसङ वासिङ मेसिन खरिद गर्दा २२% सम्म छुट पनि प्राप्त गर्न सकिनेछ ।

प्रिमियम रेन्जका टेलिभिजन सेटहरू मध्ये सामसङ क्रिस्टल फोर के युएचडी टिभिहरू छन्, जुन तिनीहरूको पावरफुल ’फोर के एचडी डिस्प्लेमा लाइफलाइक बिलियन ट्रु कलर’ हरूको लागि परिचित छ । ७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोर के युएचडी टिभि खरिद गर्दा १५% सम्मको क्यासब्याकको साथमा निःशुल्क साउन्डबार पाउन सकिने छ । सामसङ फ्रेम टिभिहरू टेस्टफुल्ली डिजाइन गरिएको टिभि हो जसले तपाईंलाई बेजेल विकल्पहरूको रेन्जका साथ तपाईंको आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन प्रदान गर्दछ । यो मोडेलको टिभिमा पनि निःशुल्क साउन्डबारको साथमा १८% सम्मको छुटमा खरिद गर्न सकिने छ । १००% क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युम रहेको क्युएलईडी टिभिहरूको प्रत्येक मोडेलमा निःशुल्क साउन्डबारको साथमा १९% सम्मको छुट गराइएकोे छ ।

फाइभ इन वन कन्भर्टिबल रेफ्रिजरेटरमा ३४५ लिटर क्षमताका मोडेलहरूदेखि ५५१ लिटरसम्म क्षमताका मोडेलहरूमा रेफ्रिजरेटर लाइनअपको कुनै पनि रेन्जको खरिदमा २५% सम्मको क्यासब्याक ग्यारेन्टीको साथ आउँदैछ । यस महोत्सवको अधिकतम लाभ लिन सकिने छ । यसको ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजरेटर पनि २१% छुटमा उपलब्ध छ ।

यो रेफ्रिजरेटर यसको इनोभेटिभ कन्भर्टिबल फ्रेन्च डोरका लागि परिचित छ । एआई इकोबबल वासर ड्रायरको ८ केजी तथा १२ केजी भेरियन्टमा २०% सम्मको क्यासब्याक ग्यारेन्टी सहित उपलब्ध रहेको छ । यसमा सजेस्टिभ साइकलको साथ पर्सनलाइज्ड लुगा धुने अनुभव पाउन सकिने छ । साथै ८ केजी तथा ९ केजी क्षमताको हाइजीन स्टीमको साथ आउने फ्रन्ट लोडमा २२% सम्म छुट पाउन सकिने छ ।

सामसङ नेपालमा मात्र नभई विश्वभर उपभोक्ता इलेक्ट्रोनिक्सका लागि एक विश्वसनीय ब्राण्ड भएको छ, जसले प्राविधिक पक्षहरुमा निरन्तर रूपान्तरण र नवप्रवर्तनलाई पुनः परिभाषित गर्न परिचित छ । विगत १६ वर्षदेखि सामसङको टीभी ग्लोबल नम्बर वन टिभि ब्राण्ड बन्न सफल भएको छ ।

कम्पनीले टिभिमा १ वर्ष वारेन्टी र थप १ वर्ष वारेन्टी प्यानलहरुमा दिइएको छ । डिआइटि कम्प्रेसर (रेफ्रिजेरेटर) र एसिमा १० वर्ष, डिआइटि मोटर (वासिङ्ग मेसिन) मा १० वर्षको वारेन्टी छ । आइएसओ १५५०२ मापदण्ड प्रयोग गरिएको आन्तरिक परीक्षणको आधारमा उपकरणहरुलाई एशोसियसन फर इलेक्ट्रिक, इलेक्ट्रोनिक एण्ड इन्फरमेसन टेक्नोलोजीज इन जर्मनीले २१ वर्ष टिक्ने प्रमाणपत्र प्रदान गरेको छ ।

सामसङले ग्राहकको सुविधाका लागि योजना अवधिभर खरीद गरिएका केही छनोट गरिएका प्रमुख उपकरणहरु निःशुल्क जडान गरिदिने व्यवस्था समेत गरेको छ । यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपालभर उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL