GBIME

सीजीनेटले ल्यायो ‘सुपर भ्यालु प्लान’, इन्टरनेट जडान गर्दा इस्टलेशन निःशुल्क हुने


बिजखबर संवाददाता
17 July, 2022 4:12 pm

cg internet

काठमाडौँ । सीजी नेटले ‘सुपर भ्यालु प्लान’ सार्वजनिक गरेको छ । तीन प्याकेजमा रहेको सुपर भ्यालु प्लानमा ३०० एमबीपीएसको रकस्टार प्याकेज, १५० एमबीपीएसको पपुलर प्याकेज र ७५ एमबीपीएसको स्प्रिन्टर प्याकेज रहेका छन् । जुन १ महिना, ३ महिना र एक वर्षमा उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NLIC
Lamxi_bank

कम्पनीका अनुसार ३०० एमबीपीएसको इन्टरनेट एक महिनाको लिँदा १३९९, तीन महिनाको लिँदा ४०६२ तथा १२ महिनाको लिँदा १४ हजार ९२८ रुपैयाँ पर्नेछन् । यस्तै १५० एमबीपीएसको एक महिनाको सेवा लिँदा १०५०, ३ महिनाको ३ हजार ४५ तथा १२ महिनाको ११ हजार १०० रुपैयाँ पर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै ७५ एमबीपीएसको सेवा लिँदा एक महिनाको ७३०, ३ महिनाको २१६० तथा १२ महिनाको ८ हजार १६० रुपैयाँ पर्ने छ । इन्टरनेट जडान गर्दा इस्टलेशन निःशुल्क हुने जनाइएको छ ।

कम्पनीका अनुसार ३०० एमबीपीसको एकैचोटी एक वर्षको प्याकेज लिँदा मासिक शुल्क औषतमा १२४४ रुपैयाँ पर्नेछ भने १५० एमबीपीएसको ९२५ र ७५ एमबीपीएसको ६८० पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL