Logo

इसेवाले ल्यायो ‘५५ मिनेटको धमाका’ अफर, एकाउण्ट लिंकमार्फत कारोबार गर्दा क्यासब्याक पाइने

इसेवाले ल्यायो ‘५५ मिनेटको धमाका’ अफर, एकाउण्ट लिंकमार्फत कारोबार गर्दा क्यासब्याक पाइने



काठमाडौँ । इसेवाले ‘५५ मिनेटको धमाका’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तर्गत असार ५ गते आइतबार बैंक एकाउण्ट लिङक गरि कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ । आइतबार साँझ ५ः५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउण्ट लिंक मार्फत कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ ।

इसेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्बजनिक गरेको हो । यस योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरि कारोबार गर्नुपर्नेछ भने एकाउण्ट भेरिफाइ भएको हुनुपर्नेछ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम लैजान सहयोग गर्दै आएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क समेत भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL