Logo

उद्योगमा दैनिक १२ घण्टा लोडसेडिङ, भारतबाट आएन माग अनुसार बिजुली

उद्योगमा दैनिक १२ घण्टा लोडसेडिङ, भारतबाट आएन माग अनुसार बिजुली



काठमाडौं । भारतबाट आउने बिजुली आयात ठप्प हुँदा नेपालका ठुला उद्योगको उत्पादन प्रभावित भएको छ ।
धेरैजसो उद्योगहरुमा सामान्य कामका लागि विजुली आपुर्ति गरिएपनि मेशिन संचालन र उद्योग संचालन गर्नेगरी विजुली अपुग भएको हो । भारतबाट बिहारको बाटो हुँदै आउने विजुली आयात हाल शुन्य छ । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतबाट आउने विजुली नआएपछि नेपालका बुटवल, भैरहवा, विरगंज, विराटनगरलगायतका स्थानमा रहेका ठुला उद्योगलाई विजुली दिन सकिएको छैन ।

laxmi

‘हामीले उद्योगहरुमा लेबर संचालन र एसि, फ्यान, बत्ती बाल्नलगायत विजुली आपुर्ति गरिरहेको भएपनि उद्योग संचालनकै लागि विजुली दिन सकेका छैनौं,’ उनले भने, ‘भारतले विभिन्न स्थानमा ट्रान्समिसन लाइन र सबस्टेशन मर्मत गरिरहेकाले विद्युत काटिएको जवाफ दिएको छ ।’

नेपाल विद्युत प्राधिकरणले भारतबाट ९ हजारदेखि १२ हजार मेगावाट आवर विद्युत आयात गर्ने गरेको थियो । तर, रुस युक्रेन युद्धका कारण कोईला अभाव भएसँगै भारतमा विद्युत उत्पादन घटेको छ । जसका कारण भारतका मध्यप्रदेश, युपी, बीहारलगायत प्रदेशमा लोडसेडिङ बढेको छ भने त्यसको असर नेपालमा पनि देखिएको हो ।

भारतबाट आउने विजुली नेपालमा भने केहि दिनमै आउने विश्वास प्राधिकरणको छ । प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार आगामी केहि दिनसम्म भारतले विद्युतीय प्रसारण लाइन र सबस्टेसन मर्मतका लागि लाइन काटेको जानकारी दिएर नेपालमा विजुली पठाउन रोकेको छ । मर्मतको काम सकिनेवित्तीकै भारतबाट नेपालमा विजुली आउने छ र उद्योगीहरु पुर्ण रुपमा संचालनमा आउन सक्ने उनको विश्वास छ ।

नेपालको विद्युत प्रणालीमा हाल ३ सय मेगावाट विजुली अपुग छ । उक्त अपुगको भार भारतबाट आयात हुने विजुलीले धानेको थियो । तर, हाल भारतबाट विजुली आउन छोडेपछि घरायसी प्रयोगका लागि विजुली पर्याप्त भएपनि औद्योगिक प्रयोजनका लागि भने विजुलीको अभाव भएको हो ।

यसरी बिजुलीको अभाव हुँदा ठुलो उद्योगमा खासगरी दैनिक १२ घण्टासम्मै लोडसेडिङ गर्नुपर्ने बाध्यतामा प्राधिकरण छ । जसको तालिका भने अघिल्लो दिनको साँझ ६ बजे नै दिने प्राधिकरणको तयारी रहेको प्राधिकरणका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL