Logo

यती ब्रुअरीले सार्वजनिक गर्यो यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर

यती ब्रुअरीले सार्वजनिक गर्यो यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर



काठमाडौँ । यती ब्रुअरी कम्पनीले नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ। स्पिरिट अफ द माउन्टेन्स’ स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर हो ।

laxmi

बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउँने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उदेश्य रहेको छ। कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ।

यति ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२% रहेको छ। यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल – अफ क्याप सहित ३३० मि. लि. र ६५० मि. लि. को बोतलमा उपलब्ध छन् । जसको मूल्य क्रमशः रु १८० र रु ३५० रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL