Logo

सेञ्चुरी क्यापिटल मार्केट्सको सीईओमा रमेशकुमार श्रेष्ठ नियुक्त

सेञ्चुरी क्यापिटल मार्केट्सको सीईओमा रमेशकुमार श्रेष्ठ नियुक्त



सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटलले २ गतेदेखि पद सम्हाल्ने गरी श्रेष्ठलाई सिइओ नियुक्त गरेको हो ।

laxmi

श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठसँग २० वर्षभन्दा लामो बैंकिङ्ग अनुभव रहेको छ । यसअघि श्रेष्ठले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL