Logo

एनआईबीएल एस क्यापिटलको लगानी सचेतनामुलक कार्यक्रम

एनआईबीएल एस क्यापिटलको लगानी सचेतनामुलक कार्यक्रम



काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा अन्तक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरेका छन् ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश स्तरमा लगानिकर्ता सचेतना अभिवृद्धी कार्यक्रमको सुरुवात सुदुर पश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL