Logo

भायानेटको बडा दसैँ अफर : ‘बडा स्पीड, बडा टीभी

भायानेटको बडा दसैँ अफर : ‘बडा स्पीड, बडा टीभी



काठमाडौं । भायानेटले दसैँको अवसरमा बडा दसैँमा बडा स्पीड, बडा टीभी योजना ल्याएको छ ।

दसैँमा ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटीभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एनड्रोइड टीभीमा भारी छुट दिनको लागि भायानेटले ‘बडा दसैँमा, बडा स्पीड, बडा टीभी’ अफर ल्याएको जनाएको छ ।

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ प्लस च्यानल भएको भायाटीभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्नेछन् ।

त्यसैगरी, साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटीभी प्याकेजसँगै एमआई एन्ड्रोइड टीभी बन्डल गरेको छ । यस बन्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टीभीमा २२% सम्म छुट पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL