Logo

निशान इन्डियाको नयाँ ‘निशान म्याग्नाइट’, नेपालसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात

निशान इन्डियाको नयाँ ‘निशान म्याग्नाइट’, नेपालसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात



काठमाडौं । निशान इन्डियाले आफ्नो नयाँ उत्पादन निशान म्याग्नाइट नेपाल, इन्डोनेसिया, दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेको छ ।

यो नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमा प्रारम्भ गरिएको थियो र सन् २०२१ को मे महिनासम्म १५ हजार १० वटा निशान म्याग्नाइट पूर्णरुपमा तयार गरिसकेको थियो । आधुनिक प्रविधि र आकर्षण युक्त यो सवारी साधन मध्ये १३ हजार ७ सय ९० वटा भारतीय बजारमा गइसकेको थियो भने १ हजार २ सय २० वटा निर्यात गरिएको थियो ।

‘मेक इन इन्डिया, मेक फर वर्ल्ड’ अवधारणा सहित निर्माण गरिएको यो नयाँ सवारी साधन भारतमा सफलता बिस्तार गर्नुका साथै निर्माण भएको ३० दिनमा नेपालमा ७ सय ६० भन्दा बढी बुकिङ्ग भएकोले यसले निर्धारण गरेको मासिक बिक्री १ हजार ५ सय ८० पुरा हुने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

नयाँ उत्पादनको विशेषता र यसको सफल भविष्य बारे निशान मोटर इन्डियाका अध्यक्ष सिनान ओजकोकले भारतीय उपभोक्ताहरूले यसको नमूना र नयाँ प्रविधिलाई अत्यन्त रुचाएको बताए । भविष्यमा यसले आफ्नो बजार आक्रामक रुपमा अगाडि बढाउने उनको दावी छ । विश्वबजारमा पनि उपभोक्ताले रुचाउने र राम्रो बजार पाउने विश्वास उनको छ ।

निशान मोटर इन्डिया जापानको निशान मोटर कम्पनीको शतप्रतिशत सहायक कम्पनी हो । सन् २००५ देखि भारतमा उत्पादन थालेको यसको कारखाना चेन्नईमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL