Logo

हुन्डाईको नयाँ वर्ष २०७८ योजना अब आषाढ मसान्तसम्म, आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिने

हुन्डाईको नयाँ वर्ष २०७८ योजना अब आषाढ मसान्तसम्म, आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिने



काठमाडौँ । हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँ वर्ष २०७८ योजना ‘हुन्डाई चढौं अघि बढौं’ आषाढ ३१ गते  सम्म विस्तार गरिएको छ ।

laxmi

पहिले यस योजनाको अवधि १९ चैत्र, २०७७ देखि १७ वैँशाख, २०७८ सम्म रहेको थियो । तर विश्वव्यापी रोग कोभिड १९, निषेधाज्ञाका कारण यस योजना स्थागित भएको थियो । ग्राहकवर्गलाई मध्यनजर राखि यस योजना ८ आषाढ देखि ३१ आषाढ सम्म पुनः सुचारु गरिएको छ । 

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत ७८ हजार सम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, १ लाख  सम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्न सक्ने छ। 

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । हुन्डाई नेपालले सबै शोरुमहरु तथा सर्भिस सेन्टरहरु कोभिड-१९ को सुरक्षा प्रोटोकल पालना गरी सन्चालन गरिरहेको छ। 

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL