काठमाडौं । अन्नपूर्ण केबलकारले होलीको अवसर पारेर सोमबारदेखि भारी छुटको घोषणा गरेको छ । यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केबलकारले जनाएको हो । पोखराको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ । यसअघि कायम गरिएको दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केबलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले…