काठमाडौं । निरन्तरको वर्षाका कारण झण्डै एक महीना ढिलो गरी कालीगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ) सुरु भएको छ । नदीमा पानीको सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबारदेखि सुरु भएको हो । कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झण्डै एक महीना ढिलो गरी जलयात्रा सुरु भएको हो ।…