काठमाडौं । नेपाल टेलिकमले दशैको उपलक्ष्य विभिन्न छुटसहितका सुविधा सार्वजनिक गरेको छ । कम्पनीले दशैंलाई लक्षित गर्दै अनलिमिटेड प्याक, भ्वाईस प्याक, डाटा प्याक, रिचार्जमा बोनस लगायतका सुविधा सार्वजनिक गरेको हो । १. अनलिमिटेड प्याक : यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।…