काठमाडौं । सरकारले व्यापारीहरुलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चामलको मूलयमा कालोबजारी भएको सार्वजनिक भएपछि सो निर्देशन दिएको हो । भारतले अघिल्लो हप्ताको बिहीबार बासमतिबाहेकका चामलको निर्यातमा प्रतिवन्ध लगाउने घोषणा गरेको थियो । भारतको घोषणालगत्तैै नेपाली व्यापारीहरुले चामलको मूल्य प्रतिबोरामै ३ सयदेखि ५ सय रुपैयाँसम्मले…