काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभा बैठकमा उद्योग मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी नियमन विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। साथै, सरकारले जारी गरेका छ मध्ये पाँच…