काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–६ साँखुस्थित एउटा टहरोमा एकाविहानै टिपर ठोक्किँदा सुतिरहेका तीन जनाको मृत्यु भएको छ । बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको टहरोमा ठोक्किएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार टहरोमा ६१ जना…