काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज (शनिबार) दिनभर विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौंको जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा विद्युत अवरूद्ध हुने भएको हो। जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानी–साझाबारी आसपासका स्थानमा बिहान १० देखि दिउँसो…