काठमाडौं । सरकारले ठूलो महत्वकांक्षासहित धुमधामका साथ संचालनमा आएको चोभार सुक्खा बन्दरगाह हालसम्म उपलब्धिविहिन अवस्थामा छ । पछिल्लो समय बन्दरगाहमार्फत हुने आयातमा केहि सुधार देखिएपनि निर्यात भने शुन्य छ । संचालनमा आएको ३ बर्षपछि यो बन्दरगाहमार्फत हुने व्यापारमा भने सुधार आएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा चालु आर्थिक वर्षको ८ महिनामा…