काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले धेरै जनताहरु स्वच्छ खानेपानीको पहुँचभन्दा वाहिर रहेको भन्दै उनीहरुलाई खानेपानीको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति रविन्द्र अधिकारीको संयोजकत्वमा वसेको बैंठकले संविधानको मौलिक हक अनुसार जनतालाई खानेपानीको प्रत्याभुति दिलाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देश दिएको हो ।…