काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन् । आगामी बजेटबारे विकास साझेदारहरूसँगको छलफलमा मन्त्री पौडेलले आर्थिक सुधारका कार्यक्रमको थालनी गरिसकेको बताएका हुन् । ‘केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं । त्यसबाट सकारात्मक नतिजाहरू पाइरहेका छौं । आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्व दिनेछौं, ’अर्थमन्त्री…