काठमाडौं । सिमेन्टमा भएको उच्च मूल्यवृद्धिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहबर अन्सारीले सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । सिमेन्टमा भएको अचाकली मूल्यवृद्धि विरुद्ध प्रदेश सांसद अन्सारीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा नेपालको संविधानको…