काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले उकालो लागेको छ । बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९९ हजार रुपैयाँ पुगेको हो । पछिल्लो समय रुस र युक्रेनबीच बढेको तनावका कारणले सुनको मूल्यमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न…