काठमाडौं । पछिल्लो एक हप्तामा मात्रै काठमाडौंबाट साढे ३ लाख मानिस बाहिरिएका छन् । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनका लागि राजधानीमा बसोबास गरिरहेका बाहिरी जिल्लाका मतदाताहरु धमाधम गाउँ फर्किरहेका हुन् । पछिल्लो १ हप्ता अर्थात गएको आइतबारदेखि हालसम्म ३ लाख ४६ हजार बढीले काठमाडौं छोडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता संजीव शर्मा दासले बताए…