काठमाडौं । स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट २ जनालाई पक्राउ गरेको छ । निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअनुरूप प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले बुधबार स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित सुनसरीको इनरुवा नगरपालिका–६ निवासी २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरङ्गप्रसाद गुप्तालाई पक्राउ गरेको हो ।…