काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेटमा भूकम्पपछिको पुनःनिर्माणका लागि १ खर्ब ४१ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ । सरकारले आगामी आर्थिक बर्षभित्र निजी आवास पुनःनिर्माण सम्पन्न गर्न ५८ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन । साथै यस अघि छुटेका वास्तविक लाभग्राहीको पहिचान गरी अनुदान वितरण…